टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा
काठमाडाैं | बैशाख १९, २०८१
काठमाडौं: नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्ने १५ जनाको टोली घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)को घोषणा टोलीमा स्पिनर सागर ढकाल र तीव्र गतिका बलर कमल सिंह ऐरी अन्तिम टोलीमा परेका छन् ।
टी–२० विश्वकपकमा नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले १२ जुनमा श्रीलंकासँग खेल्नेछ ।
१५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा नेपालले बंगलादेशसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके नेपालले सुपर ८ मा स्थान बनाउनेछ ।
नेपालको टोली:
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, ललित राजवंशी, सागर ढकाल र कमलसिंह ऐरी र अनिलकुमार शाह ।
पोखरा: पोखरामा पुस ११ गतेदेखि २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रति...
पोखरा: कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । &...
पोखरा: पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंम...

